एम्बुलेन्सको ढिलाइका कारण मराठी नायिकाको निधन

मराठी फिल्मकी नायिका पूजा झुन्जरको निधन भएको छ । २५ वर्षिया पूजासँगै उनले जन्म दिएको शिशुको पनि मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेको छ । मध्यरातमा प्रसव पीडा भएको कारण पूजालाई मुम्बईको गोरेगाँवस्थित प्राथमिक चिकित्सा केन्द्र लगिएको थियो । उनले सोही अस्पतालमा आफ्नो शिशुलाई जन्म दिएकी थिइन् । तर, शिशुको मृत्यु भैसकेको थियो ।

शिशुको मृत्युपछि डाक्टरले पूजालाइ चिकित्सा केन्द्रबाट ४० किलोमिटर टाढा रहेको हिंगोली अस्पताल लैजान आग्रह गरे । उक्त अस्पताल जानका लागि एम्बुलेन्स आवश्यक थियो । तर, एम्बुलेन्स पाउन निकै गाह्रो पर्यो । धेरै समयपछि एम्बुलेन्स मिल्यो । तर अस्पतालमा पुर्याउनु अगाडि नै पूजाको निधन भैसकेको थियो ।



सम्बन्धित समाचार