नृत्यमा तहल्का मच्चाउँदै सुन्दर

केही समयअघि जताततै एक कभर डान्स भिडियो भाइरल बन्यो । सुन्दर एण्ड विजय नाम गरेको युट्युव च्यानलबाट बाहिरिएको उक्त भिडियो भारत उत्तराखण्डमा अवस्थित गडवाल जातिको भाषामा गाईएको गीतको थियो । ‘फ्वाँ वागा रे’ बोलको उक्त गीतमा कालो ज्याकेटभित्र निलो टिसर्ट, कालो पाइन्ट र अनौठो खालको टोपी लगाउने एक युवा र उनको पछाडी उनीभन्दा केहि होचा कपाल पलेका युवाले नृत्य गरेका थिए । फ्रिस्टाइलमा रहेको उक्त कभर डान्स हेर्दा सबैले रमाइलो मान्छन् ।

त्यतिमात्रै होइन, मानिसको मुखबाट तारिफ पनि अनायासै निस्किन्छ । पहाडी शैलीमा गाईएको उक्त गडवाल गीतको कभर भिडियो अहिले सुन्दर एण्ड विजय नाम गरेको युट्युव च्यानलबाट हटाइसकिएको तर अन्य युट्युव च्यानलमा भने देख्न सकिन्छ ।



तिनै ‘फ्वाँ वागा रे’ को कभर भिडियोमा नाच्ने एक युवा केहि समयअघि नेपाली डोटेली देउडामा पनि कम्मर हल्लाएको भेटियो । सैयाँ सुनकेशरी नामक डोटेली देउडालाई पहिलो म्युजिक भिडियो मन्ने ति युवा हुन् सुन्दर सदाशंकर । उनी तिनै युवा हुन् जो बलिउडका गीतमा नाचेर लाखौं भियोर्स बटुल्न सफल भईरहेका छन् ।

सुन्दर सदाशंकर स्याङ्जा नेपालका हुन् । बाल्यकाल स्याङ्जामा बिताएपनि उनी अहिले भारतको नयाँ दिल्लीमा आफ्नो भविष्य खोजिरहेका छन् ।

नेपालमा आठ कक्षासम्म पढेपछि बाबुआमाको साथमा भारत पुगेका उनी ६ कक्षाबाट फेरी पढाई सुरु गछ्र्रन् । उनले लजाउँदै भने, पढाईमा त्यति मन भएन क्यारे, त्यसैले अहिले १२ क्ल्यिर गरेर बसेको छु ।

आफू नाचगानमा धेरै ध्यान दिने भएकाले पढाई कमजोर भएको बताउँदै उनले सानैदेखि नाच्न रुचाउने बताए ।

उनीसँगै नाच्ने बिजय भने भारत उत्तराखण्डतिरकै हुन् । जब सुन्दर भारत पुगे, त्यो बेलादेखि नै उनीहरु साथी छन् । विजय र सुन्दरका परिवार पनि एकै घरमा भाडामा बस्छन् ।

उनका बाबु खेम सदाशंकर एक्लो छोरा सुन्दरलाई डाक्टर बनाउन चाहन्थे । उनले भने, मलाई छोरो पढाई छाडेर नाचगानमा रमाएको मनै पर्थेन तर के गर्नु पढाईमा चासो नै राखेन । भारतका रेष्टुरेन्टमा सेफका रुपमा काम गर्ने सुन्दरका बाबु अहिले भने छोराको नृत्य देखेर दंग पर्छन् । उनले भने, छोरो नाचगानको क्षेत्रमा नआइदे हुन्थ्यो भन्ने त लागेको थियो तर अब उ यसैमा खुशी छ भने आफू पनि उसको खुशीमा खुशी हुनैपर्यो ।

सम्बन्धित समाचार