अक्षय कुमारको ‘हाउसफूल ४’ ले कमायो यति करोड

मुम्बई बलिउड फिल्म ‘हाउसफूल ४’ ले राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । तिहारको अवसर पारेर रिलिज भएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको छ ।

बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यो फिल्मले छैठौँ दिनमा १५ करोड कमाइ गरेको छ । फिल्म विश्लेषकका अनुसार ‘हाउसफूल ४’ ले ६ दिनसम्म आइपुग्दा १ सय ३५ करोडको आँकडा पार गरेको छ ।



यो फिल्म समीक्षकलाई मन परेको थिएन । यद्यपि दर्शकबाट पनि फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । फिल्मलाई लिएर फ्यानले ट्वीटरमा ट्रेन्ड नै चलाएका थिए ।

फिल्ममा सितमगढको कहानी छ । पुनर्जन्मको कथा देखाइएको यो फिल्ममा अक्षय कुमार, कृति सेनन, रितेश, बबी देओल, पूजा, चंकी पाण्डे लगायतले अभिनय गरेका छन् । फिल्मको कहानी भने धेरै दर्शकले चित्त बुझाएका छैनन् ।

सम्बन्धित समाचार