अक्षयको ‘हाउसफुल ४’ लाई पछि पार्यो विजयको ‘बिगिल’ले, गर्यो दोब्बर व्यापार

अहिले चर्चित अभिनेता अक्षय कुमारको ‘हाउसफुल ४’ र साउथ स्टार विजयको ‘बिगिल’ प्रदर्शन भइरहेको छ । यी दुवै फिल्मले अहिले हंगामा नै मच्चाएका छन् । यी दुइले फिल्म रिलिजको मितिबाट राम्रो कमाइ गरेका छन् । फिल्म ‘हाउसफुल ४’ ले ५ दिनमा सय करोड भारू भन्दा बढी कमाइ गरेको छ भने विजयको ‘बिगिल’ ले अक्षयको ‘हाउसफुल ४’ भन्दा दुई गुना बढी कमाइ गरेको छ ।

अक्षयको फिल्मले ५ दिनमा सय करोड कमाउँदा विजयको ‘बिगिल’ ले दुई सय करोड भारूको कमाइ गरेको छ। फिल्म ‘हाउसफुल–४’ लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन् भने विजयको ‘बिगिल’ लाई एटली कुमारले निर्देशन गरेका हुन् । ‘बिगिल’ मा विजय बाबु–छोराको भूमिकामा छन् ।



सम्बन्धित समाचार