गर्भवती अभिनेत्री सिर्जना सुब्बाको बेबी बम्प (फोटो फिचर)

अभिनेत्री सिर्जना सुब्बा आमा बन्ने भएकी छिन् । आठ महिनाको गर्भावस्थामा फोटोसुट गरेकी सृजनाले हालै मात्र सामाजिक सञ्जाल फेसबुकमा उक्त फोटोहरु सार्वजनिक गरेकी हुन् । सृजना सुब्बाको प्रेग्नेन्सी फोटोसुट यतिबेला सामाजिक सञ्जालमा आकर्षण बनेको छ ।

थिएटरबाट अभिनय यात्रा सुरु गरेकी शिर्जनाले लुटबाट फिल्ममा डेब्यु गरेकी थिइन् । लुट, लुट २, डाइंग क्यान्डल, घनचक्कर, पन्चेबाजा, मिस्टर भर्जिन लगायतका फिल्ममा उनको अभिनय रहेको छ । फिल्म डाइंग क्यान्डलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत हात पारेकी श्रीजनाले २०७३ को राष्ट्रिय अवार्ड पाएकी छिन् ।



सम्बन्धित समाचार