श्रीदेवीको पुरानो गीतमा उर्वशी र जोनले रोमान्स गर्ने

बलिउड अभिनेत्री उर्वशी रौतेला र जोन अब्राहम बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनीत चर्चित गीतको नयाँ भर्सनमा देखिने भएका छन् । आगामी फिल्म ‘पागलपन्ती’ मा बलिउडकी स्वर्गीय अभिनेत्री श्रीदेवी अभिनीत पुरानो गीत ‘तेरा बिमार मेरा दिल’ को नयाँ भर्सनमा उर्वशी र जोनको अभिनय रहनेछ ।

पुरानो गीत १९८९ को हिट फिल्म ‘चालबाज’ को हो जसमा सनी देओल र श्रीदेवीले अभिनय गरेका थिए। ‘यो गीत स्वर्गीय अभिनेत्री श्रीदेवीप्रति श्रद्धाञ्जली हो’, गीतबारे बयान गर्दै उर्वशीले भनेकी छिन्, ‘म यो ऐतिहासिक दृश्यको छायांकनको समय निकै नर्भस भएकी थिएँ। यो मेरो तर्फबाट दिग्गज अभिनेत्री श्रीदेवीप्रति एक श्रद्धाञ्जली हो र म यसमाथि न्याय गर्न चाहन्छु ।’



यस गीतबाट उर्वशीले एक पटक फेरि धमाका मच्चाउन चाहेकी छिन् । अनिश बज्मी निर्देशित यस फिल्ममा अनिल कपुर, जोन अब्राहम, इलियाना डिक्रुज, अरसद वारसी, पुल्कित सम्राट, उर्वशी रौटेला र कृति खरबन्दा छन्। फिल्म २२ नोभेम्बरदेखि रिलिज हुनेछ ।

सम्बन्धित समाचार