आलिया भट्टको आकर्षक पानीमुनिको आसन

बलिवुड अभिनेत्री आलिया भट्ट अहिले ९० को दशकको चर्चित फिल्म सडकको रिमेकमा व्यस्त छिन् । आलियाले पहिलो पटक आफ्नो घरेलु ब्यानरमा काम गर्दै छन् ।

यसै व्यस्तताका बीच आलियाले हालै भोग म्यागेजिनका लागि गरेको अन्डर वाटर सुट चर्चामा रहेको छ ।



आलियाले सो सुटका केहि तस्वीर सामाजिक संजालमा सेयर गरेपछि आलियाको ग्लामरस लुक बाहिर देखिएको छ । आलियाको अन्डर वाटर पोजको सबैले तारिफ गरेका छन् ।

आलिया हालै हलिवुडमा जाने खबरले पनि बलिवुड तताएको छ । आलियाले हालै हलिवुडका एजेन्टसँग भेटेको खबर भारतीय मिडियामा प्रथामिकताका साथ प्रकाशित भएका छन् । आलियाले हलिवुडमा कदम राखेमा कम उमेरमा नै हलिवुड जाने बलिवुडकी पहिलो अभिनेत्री हुने छिन ।

बलिवुडबाट यस अघि प्रियंका चोपडा, दीपिका पादुकोनेले हलिवुडमा कदम राखिसकेका छन् ।

सम्बन्धित समाचार