‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’आज रिलिज

‘जीवन काँडा कि फूल’ र ‘घामड शेरे’ आजबाट रिलिजमा आएका फिल्म हुन् । फ्राइडे रिलिज अन्तरगत यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

फरक फरक कथामा निर्माण भएका दुई फिल्म मध्ये ‘जीवन काँडा कि फूल’ बिनोद बिष्टको निर्देशनमा तयार भएको हो भने ‘घामड शेरे’मा हेमराज बिसीको निर्देशन रहेको छ ।



‘जीवन काँडा कि फूल’

साहित्यकार झमक कुमारी घिमिरेको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काँडा कि फूल’ मा आधारित रहेर निर्माण भएको फिल्म हो । लामो समयदेखि प्रदर्शन मितिको पर्खाइमा बसेको फिल्म निर्देशक विनोद विष्टले नै निर्माण गरेका हुन् ।

फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले निर्वाह गरेकी छन् ।

झमकको बहिनिको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानले अभिनय गरेकी छन् ।

३० भन्दा बढी कलाकारको अभिनय रहेको फिल्मले सन्देश समेत दिने भएकोले सबैले एक पटक हेर्नुपर्ने निर्देशक बिष्टले बताए ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ ।

‘घामड शेरे’

‘घामड शेरे’ निर्देशक हेमराज विसीले बनाएको फिल्म हो । रियल कपल अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्ममा सुष्मा निरौला र गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ ।

सम्बन्धित समाचार