गोविन्दाले नेपाली अभिनेत्रीलाई साली भन्दै जिस्काएर नाचे

भारतीय नायक गोविन्दा नेपाली चलचित्र स्वर्णिम महोत्सवमा अतिथिको रुपमा सहभागी हुन आज विरगंज पुगेका थिए । नेपाली कलाकार देखि उनका फ्यानहरुले भव्यताका साथ गोविन्दालाई स्वागत गरेका थिए । गोविन्दा आफ्नो श्रीमतीसंग विरगंज पुगेका हुन् ।

कार्यक्रममा सहभागी हुन पुगेका गोविन्दाले दर्शकहरुलाई आफ्नो खुशी व्यक्त गर्दै चलचित्रले माया प्रेम फैलाउन सक्ने माध्यम हो भन्दै नेपाली चलचित्रले पनि माया प्रेम जोड्न सफल रहोस भन्दै शुभकामना दिए । श्रीमतीलाई लिएर स्टेज पुगेका गोविन्दाले ‘हर हर महादेव’ भन्दै नेपाल र पशुपतिनाथको महिमाको गाथा पनि गाउन भ्याए ।



गोविन्दाले दर्शकहरुलाई गित गाएर रमाईलो गराए । नेपाली नायिकाहरु स्वेता खड्का, निरुता सिंह र दिपाश्री निरौलासंग डान्स समेत गरे । नायिकाहरुलाई साली भन्दै जिस्काउदै डान्स गर्दा दर्शकहरुले हासो रोक्न सकेनन् । गोविन्दा कि श्रीमती नेपाली भएकाले गोविन्दा आउँदा दर्शकहरुले भिनाजु भन्दै सम्बोधन समेत गरेका थिए ।

गोविन्दा नेपाल आउने बित्तिकै पशुपतिनाथ दर्शन गर्न गएका थिए । हरेक वर्ष पशुपति दर्शन गर्न श्रीमतीसंग आउने गरेको पनि उल्लेख गरेका थिए । राम्रो स्क्रिप्ट पाए नेपाली चलचित्रमा काम गर्ने रहर समेत गोविन्दाले देखाए ।

क्यानाडा नेपालले तयार गरेको भिडियो

सम्बन्धित समाचार