हलिउड गायिकाले संस्कृतमा गरेको ट्वीटमा के लेखिन् ?

हलिउड गायिका तथा अभिनेत्री लेडी गागा चर्चित नाम हो । उनी आफ्नो गायकी र अभिनयका साथै सामाजिक सञ्जालका विभिन्न गतिविधिले चर्चामा आउने गर्छिन ।

अहिले पनि फेरि उनको चर्चा बढेको छ । त्यो हो संस्कृतमा गरिएको ट्वीट । सामाजिक सञ्जालमा निकै सक्रिय हुने उनले यसपटक आफ्ना फ्यानलाई चकित बनाएकी छन् । किनकी उनका धेरै फ्यानले नबुझ्ने गरी उनले संस्कृतमा ट्वीट गरिन ।



उनले लेखिन ‘लोका समस्ताः सुखिनोभवन्तु’ ।

ट्वीट हेर्नुहोस्

यो मन्त्र उनका फ्यानले धेरैपछि मात्रै बुझे पनि सोसल मिडियामा धेरै भाइरल भएको छ ।

सम्बन्धित समाचार