खराब समीक्षाका बाबजुद ‘हाउसफूल ४’ को कमाइमा धमाका

फरहाद सामजीको निर्देशनमा बनेको फिल्म ‘हाउसफूल ४’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । फिल्मले हालै रिलिज भएको आयुष्मान खुरानाको फिल्म ‘बाला’ लाई पनि टक्कर दिएको छ ।

‘हाउसफूल ४’ मा अक्षय कुमार, कृति सेनन, कृति खरबन्दा, रितेश देशमुख, बबी देओल, पूजा हेगडे लगायतका कलाकारको शीर्ष अभिनय रहेको छ ।



यो फिल्मले पहिलो हप्ता १३५ करोड ८६ लाख कमाइ गरेको थियो भने दोस्रो हप्ता ४८ करोड ७५ लाख कमाएको थियो ।

फिल्मले अहिलेसम्म १ सय ८९ करोड ३६ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

अक्षय कुमारको यो कमेडी फिल्मले खराब समीक्षा पाए पनि व्यापार भने गज्जबको गरेको छ । हाउसफुल सिरिजमध्ये यो सिरिज कमाइका हिसाबले अगाडि छ ।

सम्बन्धित समाचार