कमिज मात्र लगाएर निस्किइन् मलाइका, किन होला ?

कमिज मात्र लगाएर निस्किइन् मलाइका, मान्छेले सोधे –पाइन्ट लगाउन भुल्नुभयो र? बलिउडमा आफ्नो बोल्ड लुक्स र धमाकेदार नृत्यका कारण मलाइका अरोरा प्राय चर्चामा रहने गर्छिन् ।

कहिले अर्जुन कपूरसँगको सम्बन्धका कारण त कहिले बोल्ड फोटोशूटका कारण उनको चर्चा भएकै हुन्छ । यतिबेला भने मलाइका ड्रेसअपका कारण चर्चामा छिन् । प्रायः बोल्ड अवतारमै देखिने मलाइका सर्ट मात्र लगाएर बाहिर निस्केकी थिइन् । फ्यानले उनलाई नराम्रोसँग ट्रोल बनाउन थालेका छन् ।



मलाइकाको एक तस्वीरमा इन्स्टाग्राममा भाइरल छ । जुन तस्वीरमा मलाइकामाथि मान्छेले भद्दा कमेन्ट गरिरहेका छन् । मलाइका आइतबार आफ्नी बहिनी अमृता अरोराको घरबाहिर देखिएकी थिइन् । यस दौरान मलाइकाले सेतो रंगको शर्ट लगाएकी थिइन् । शर्टले उनको घुँडाभन्दा माथिसम्म छोपेको थियो ।

फ्यानलाई भने मलाइकाको यो लुक मन परेन र भद्दा कमेन्ट गरिदिए ।  एक प्रयोगकर्ताले लेखे, ‘पाइन्ट लगाउन किन बिर्सिनुहुन्छ?’

‘मलाइकाको अनुहारमा उनी बुढी भएको देखिन थालेको छ,’ एक प्रयोगकर्ताले कमेन्ट छोडेका छन् । यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाइकाका पहिले र अहिलेका तस्वीर हेरेरै थाहा हुन्छ कि उनमा कति परिवर्तन आइसक्यो ।’

प्रयोगकर्ताले उनलाई उमेर सुहाउँदो कपडा लगाउन समेत सल्लाह दिएका छन् । कतिले त उनको तारिफ समेत गरेका छन् ।

सम्बन्धित समाचार