बलिउडमा साउथ अभिनेत्री वेदिकाको ‘इन्ट्री’

साउथ इण्डियन अभिनेत्री वेदिका कुमार अब बलिउडडमा आउने भएकी छिन् । उनले चलचित्र ‘द बडी’ मार्फत बलिउडमा आउने भएकी हुन् ।

यस चलचित्रमा अभिनेता इमरान हाशमीले अभिनय गर्ने पक्का भएका छन् । जीतु जोसेफको निर्देशन रहेको चलचित्र ‘द बडी’मा अभिनय गर्ने उनले मलयालम, तेलगु, तमिल लगायत धेरै भाषाका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।



दक्षिण भारतीय फिल्म उद्योगमा वेदिका आकर्षक लुक तथा हट ड्रेससेन्सका कारण पनि चिनिने गर्दछिन् । तमिलको अलवा मलयालम, तेलगु, हिन्दी, अङ्ग्रेजी लगायत धेरै भाषामा समेत उनी बोल्न सक्दछिन् ।

सम्बन्धित समाचार