पतिपत्नी बीच सम्बन्ध दिगो बनाउन चाहनुहुन्छ भने गर्नुस् धेरै झगडा

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।

उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एकपटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले सम्बन्धले कुनै दिर्घकालिन असर परेको देखिएन । कहिलेकाहीँ झगडा गर्ने जोडीहरु स-साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ । आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ । कहिलेकाहीँ हुने स(साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।



पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो । अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो । एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ रु पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ ।

तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ । झगडा वा वादविवाद गर्नु पनि सञ्चारको प्रमुख र सबैभन्दा प्रभावकारी रुप हो ।

यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ । मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ ।

झगडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ । तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्रक हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत-हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ । बेलाबखत हुने साना झगडाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्टनरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ । झगडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ ।

अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ । सुखी दाम्पत्य जीवनको लागि सम्बन्ध दिगो र स्वस्थ हुनुपर्छ । सम्बन्धमा रहन सजिलो कुरा होइन र यदि तपाईं आफ्नो पार्टनरलाई माया गर्नुहुन्छ भने आफ्नो सीमाहरु तय गर्नुपर्छ ।

कहिलेकाहीँ आफूले अपेक्षा गरेजस्तो व्यवहार आफ्नो पार्टनरबाट नपाउँदा क्रोध उत्पन्न हुन सक्छ र क्रोधलाई तपाईंले मनभित्रै दबाएर राख्नुभयो भने तपाईंको रीस झनै बढ्दै जान्छ जसले एक अस्वस्थ सम्बन्धतर्फ डोर्याउँछ । त्यसैले यस्ता समस्यासँग लड्ने सबै भन्दा राम्रो उपाय बहस गर्नु हो ।

नकारात्मक भावनाहरुलाई हटाउन र दुवैजनाको भावना र आवश्यकताहरु समान छन् भन्ने बोध गराउन कहिलेकाहीँ विवादले पनि काम गर्छ । केही अध्ययनहरुका अनुसार सबैभन्दा ठूलो गल्ती पार्टनरहरुले एक-अर्कालाई बेवास्ता गर्नु हो । कहिलेकाहीँ हामीले कुनै कुरा गलत भएको महसुस गर्छौं, तर पार्टनर रिसाउने डरले केही पनि भन्दैनौं ।

तर, यसरी नै कुराकानीमा कमी हुनु नै ब्रेकअप हुने सबैभन्दा ठूलो कारण बन्न सक्छ । संवेदनशील कुरामा एक-अर्कासँग बहस गर्नाले सम्बन्धलाई राम्रो गर्छ । झगडाले नै तपाईंलाई आफ्नो समस्याहरुमा केन्द्रित हुन दिन्छ र समस्या हुन अगाडि नै त्यसलाई समाधान गर्न सघाउँछ ।

त्यसैले जुन जोडीहरु प्राय झगडा गर्छन् उनीहरु लामो समयसम्म सँगै रहन्छन् । केही जोडीहरुले गम्भिर बहस गर्न मनपराउँछन् किनभने त्यसले उनीहरुको हार्मोनको स्तर बढाउँछ । त्यसैगरी ती मानिसहरुलाई थाहा हुन्छ कि झगडा उनीहरुको उत्साहको संकेत हो ।

यसले एक(अर्काको विचारलाई स्थान दिन र सम्मान गर्न सिकाउँछ । उनीहरुको फरकपनाले सम्बन्धलाई झनै रोमाञ्चक बनाउँछ । यदि तपाईंहरु धेरै वर्षदेखि सँगै रहनुभएको छ भने पक्कै पनि पार्टनरका केही कुराहरु मन नपर्न सक्छन् र त्यो गलत पनि होइन रचनात्मक द्वन्द्वले तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउँछ ।

पार्टनरले तपाईंले भनेको सबै कुरा मान्ने र उनले भनेको पनि सबै तपाईंले मान्ने हो भने जीवन कति दिक्कलाग्दो हुन्छ होला, एकपटक सोचेर हेर्नुहोस् त ।त्यसैले पार्टनरसँग अर्कोपटक झगडा भयो भने धेरै नआत्तिनुहोस् । बरु आफ्नो असमतिलाई प्रष्टसँग व्यक्त गरेर झगडालाई भविष्यको सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोस् ।

सम्बन्धित समाचार