चियामा अदुवा हालेर खानुस्, लाभ लिनुस्
जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै बिहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
- यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
- शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
- क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
- रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
- रक्तसञ्चारमा सहयोग पु-याउँछ ।
- पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
- शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
- महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
- अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
- हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।