कंगना बनिन् हुबहु जयललिता

बलिवुड अभिनेत्री कंगना रनावतको नयाँ फिल्म थलाइवीको पहिलो लुक सार्वजनिक भएको छ । फिल्मको पहिलो लुक सार्वजनिक हुनासाथ कंगना रनावतको जयललिताको अवतारले सबैलाई ‘सरप्राइज’ गरेको छ ।

फिल्ममा कंगनाले भारतको तामिलनाडुकी मुख्यमन्त्री जयललिताको भूमिका निभाउँदै छिन् । पहिलो लुकमा कंगना हुबहु जयललिता जस्तै देखिएकी छन् ।



फिल्मको निर्देशन दक्षिण भारतीय फिल्म क्षेत्रका चर्चित निर्देशक एएल विजयले गर्दै छन् ।

पहिलो लुक जारी सँगै फिल्मको टिजर समेत जारी गरिएको छ । जयललिताको बायोपिक फिल्म थलाइवीमा पुर्वमुख्यमन्त्री एमजी रामचन्द्रनको भूमिका अरविन्द स्वामीले निभाउदै छन् । राजनीतिमा आउनु अघि जयललिताले एमजी रामचन्द्रनसँग २८ फिल्ममा सँगै काम गरेकी थिइन् ।

फिल्मको शुटिंग छिट्टै मैसुर, चेन्नई र मुम्बईमा हुने बताइएको छ । फिल्म हिन्दी भाषाका अलावा तमिल र तेलूगुमा पनि रिलिज हुने छ ।

फिल्मको रिलिज २०२० को जुन २६ मा रिलिज गरिने बताइएको छ ।

टिजर : 

सम्बन्धित समाचार