मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्तिको सूचीमा छन् । उनको व्यापार व्यवसायदेखि जीवनशैली सम्म समाचार बन्ने गरेको छ । मुकेशकी पत्नी नीता अम्बानीको महंगा पहिरन र सिंगारका बारेमा संसारभर चर्चा हुने गर्दछ ।
सामान्य महिलाको जीवनभरलाई पुग्ने मूल्य बराबरको खर्च निता अम्बानीले दैनिक उपभोग्य समान, खानपानमा हुन्छ भन्दा पत्याउन गाह्रै हुन्छ तर यो वास्तविकता हो ।
उनले लगाउने कपडा लाखौं मूल्यको हुने गरेको छ । त्यस्तै उनले लगाउने चुरा, गहना, मेकअप किट, लिपिस्टिक, ह्याण्ड व्यागको मूल्य सुन्नु भयो भने त तपाई आश्चर्यमा नै पर्नु हुन्छ । भारतीय मिडियामा उनले प्रयोग गर्ने सामान र खानपानबारे प्रकाशित भएका रिपोर्टहरुको आधारमा उनको बारेमा रोचक जानकारीहरु यहाँ गरिएको छ ।
महंगो चिया
नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारतीय रुपैयाँ पर्ने गरेको छ । उनले पिउने चियाँ विशेष खालको हुने गरेको छ ।
‘मेबेक ६२’को कार
नितालाई मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा ल्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारतीय रुपैयाँ पर्छ ।
जुत्ता
भारतीय सञ्चारमाध्यमहरुका अनुसार निता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारतीय रुपैयाँ पर्ने गरेको छ ।
गर–गहना
उनी परम्परागत गर–गहना लगाउन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।
लिपिस्टिक
कार्यक्रमहरुमा नीता अम्बानी निकै आकर्षक रुपमा देखा पर्ने गरेकी छिन् । उनले आफूलाई आकर्षक देखाउन प्रयोग गर्ने मेकअप किट पनि निकै महँगो हुने गरेको छ । उनले लगाउने एउटा लिपिस्टिकको मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ । जसको नेपाली मूल्य ६४ लाख भन्दा धेरै पर्छ ।
घडी शोख
निता अम्बानीसँग धेरै थरिका ब्राण्डेड घडीहरु रहेका छन् । उनले प्रयोग गर्ने घडीहरुको मूल्य २० लाख पर्छ । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडीहरुको संग्रह नै रहेको छ ।
सारी शोख
उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।
व्याग
उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।