‘नो टाइम टु डाइ’ डेनियल क्र्यागको अन्तिम जेम्स बोन्ड फिल्म !

‘नो टाइम टु डाइ’ जेम्स बोन्ड फिल्मको अन्तिम शृंखला हुने डेनियल क्र्यागले बताएका छन् । उनले अन्तिम पटक जेम्स बोन्डको लागि साइन गरेकोमा खुसि व्यक्त गरेका छन् । यसपछि उनले कुनै जेम्स बोन्ड फिल्म नखेल्ने घोषणा गरेका छन् ।

जेम्स बोन्डका फ्यानले उनलाई अन्तिम पटक सो भूमिकामा देख्न पाउने भएका छन् । सन् २००६ मा उनले पहिलो सिरिज ब्रिटिस सिक्रेट एजेन्ट क्यासिनो रोयलबाट सुरुवात गरेका थिए । उनको २०१५ मा स्पेक्टर रिलिज भएको थियो ।



५१ वर्षीय स्टार, अब भने जेम्स बोन्डको भूमिकामा नखेल्ने भएका छन् । उनले भने, “म केहि काम नै गर्दिन, तर जेम्स बोन्ड बन्दिन अब, नो टाइम टु डाइ अन्तिम जेम्स बोन्ड मुभी हुनेछ, म निकै खुसी छु ।”

“द स्काई फल” का अभिनेताले भनेका छन्, “कोहि पात्र जानु नै ठिक हुन्छ ।”

“नो टाइम टु डाइ” को छायङ्कन सकिसकेको छ र उक्त फिल्म २०२० को अप्रिलमा रिलिज हुनेछ ।

उनि भन्छन्,“सबै भन्दा रमाइलो कुरा, मैले २० वर्ष देखीसँगै काम गर्दै आइरहेको सहकर्मीसँग फेरी अर्को फिल्म गर्न पाउँदा खुसी छु, सबै जनाले धेरै मिहेनत गरका छन् ।” यो फिल्म उनीहरुलाई बिदाइ गर्ने जस्तो पनि छ ।

उनले १८।४ मिलियन पाउन्डमा उक्त फिल्ममा अनुबन्धित भएका हुन् । २००८ मा उनको क्वान्टम सोलेस रिलिज भएको थियो ।

सम्बन्धित समाचार