डा. भगवान कोइराला भन्छन् – अन्डा खाँदा होस गरौं !

अन्डाको सेतो भागले रक्तचाप घटाउँछ । अन्डाको सेतो भाग बडो गुणकारी हुन्छ । यसमा रक्तचाप घटाउने क्षमता हुन्छ । साथै यसको कुनै नकारात्मक प्रभाव पनि पर्दैन ।

अनुसन्धान अनुसार अन्डाको सेतो भाग खानाले रक्तचाप कम हुन सक्छ । अमेरिकी वैज्ञानिकको एउटा अध्ययनले यो दृष्टिकोणलाई समर्थन गरेको छ । अन्डाको सेतो भाग ती व्यक्तिहरुबीच पहिलेदेखि नै लोकप्रिय छ, जो कोलेस्ट्रोल बढी हुने कारणले पहेँलो भाग खान चाहँदैनन् । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘अब के पनि पत्ता लागेको छ भने अन्डाका सेतो भाग मात्र खाने गरेर रक्तचाप कम गर्न सकिन्छ । यसमा त्यो क्षमता हुन्छ ।’



तर कोलेष्ट्रोल बढ्ने समस्या भएको व्यक्तिले पहेंलो भाग खानुहुँदैन किनकी यसले रक्तचाप बढाउँछ र कोलेष्ट्रोल पनि बढाउँछ ।

सम्बन्धित समाचार