

च्याम्पियन्स लिग अन्तर्गत समुह एच रोचक मोडमा पुगेको छ । यस समुहका गएराती सम्पन्न खेलमा आयाक्सले लिलेमाथि २(० को जित हासिल गर्यो भने चेल्सी र भलेन्सिया बराबरी खेलेका छन् ।
चेल्सी र भलेन्सियाबीचको खेल रोमान्चक हुदै बराबरीमा रोकियो । भलेन्सियाका लागि कार्लोस सोलेर र डानियल वासले एक एक गोल गरे भने चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलासिकले एक एक गोल गरेका छन् ।
योसँगै एक खेल खेल्न बाँकी हुदा यो समुहबाट टप १६ मा पुग्ने टिमको टुंगो अन्तिम खेलबाट टुंगो लाग्ने भएको छ । यस समुहमा आयाक्स ५ खेलमा १० अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै चेल्सी ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ भने भलेन्सिया ५ खेलमा ८ अंकसहितनै तेस्रो स्थानमा रहेको छ । त्यस्तै लिलेले ५ खेलमा एक अंक हासिल गर्दै अन्तिम स्थानमा रहेको छ ।
अब अन्तिम खेल चेल्सी र लिलेबीच हुने छ भने आयाक्स र भलेन्सियाबीच हुने छ ।
