आज फ्राइडे रिलिजमा कुन कुन फिल्म रिलिज भए?

आज शुक्रवारदेखि सुमी मोक्तानको फिल्म ‘सरौतो’ प्रदर्शनमा आएको छ । योसँगै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ र ‘मखमली मखमली’ पनि प्रदर्शनमा आएका छन् ।

यी ३ फिल्ममध्ये ‘सरौतो’ को ठीकै चर्चा छ । फिल्ममा सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम लगायतका कलाकारको अभिनय छ भने हरि हुमागाईंको निर्देशन रहेको छ ।



निर्माण टिमले यो फिल्म स्तरीय भएको दाबी गरेको छ ।

यस्तै आजैदेखि फिल्म ‘लभ यु हमेशा’ पनि प्रदर्शनमा आएको छ । यो फिल्ममा भाष्कर प्रधानको निर्देशन रहेको छ भने ऋचा सिंह, शिशिर राणा, गोपाल नेपाल, यशराज गराज लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘मखमली मखमली’ लाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा सुभेच्छा थापा, जयकिसन बस्नेत लगायतका कलाकारको अभिनय छ ।

सम्बन्धित समाचार