बलिवुड सेलिब्रेटीका किसिम किसिमका उपनाम !

प्रियंका चोपडा जोनस र निक जोनसको प्रेम पुरै संसारमा चर्चाको विषय बनेको छ । सोसियल मीडियामा दुवै एक-अर्काको बारेमा कुरा गर्छन् । प्रियंकाले भर्खरै मात्र आफ्नो श्रीमान निकको उपनाम बताएकी थिइन् । उक्त पोस्टमा उनले आफ्नो श्रीमानलाई बाबु भनेर बोलाउने गरेको बताएकी थिइन् ।

यस्ता अरु थुपै कलाकार छन् जसको उपनाम आफ्नो नाम भन्दा पनि प्रख्यात छन् । कतिपयको उपनाम त कसैलाई थाहा छैन । यस रिपोर्टमा बलिवुडका केहि सेलिब्रेटीहरुको उपनाम बारे जानकारी दिदै छौ ।



अहिलेकी चर्चित बलिवुड अभिनेत्री आलिया भट्टको उपनाम ‘आलु’ हो । त्यस्तै बलिवुडबाट हलिवुडमा जमिसकेकी अभिनेत्री प्रियंका चोपडाको परिवार र साथीहरु उनलाई ‘मिमि’ उपनामले बोलाउने गर्दछन् ।

त्यस्तै अहिले साइना नेहवालको बायोपिकमा बन्ने फिल्ममा व्यस्त रहेकी अभिनेत्री परिणीति चोपडाको उपनाम ‘टिशा’ हो ।

कपूर खानदाकी नायिका करीना कपूर र करिश्मा कपूरको उपनाम त प्राय सबैलाई थाहा छ, करीना कपूरको उपनाम ‘बेबो’ र करिश्माको ‘लोलो’ हो ।

त्यस्तै अहिलेकी अर्की चर्चित अभिनेत्री श्रद्धा कपूरको उपनाम ‘चिरकुट’ हो । त्यस्तो अभिनेत्री सोनम कपूरको उपनाम ‘जिराफ’ हो ।

बलिवुडमा एक समयकी चर्चित अभिनेत्री बिपाशा बासुको उपनाम ‘बोनी’ हो ।

बलिवुड आफुभन्दा बढी उमेरकी अभिनेत्री तथा मोडल मलाइकासँगको अफ्येर्सका कारण पछिल्लो समय चर्चामा रहेका अभिनेता अर्जुन कपूरको उपनाम ुफुबूु हो । त्यस्तै अभिनेता ऋतिक रोशनको उपनाम ुगुड्डुु हो ।

त्यस्तै चर्चित निर्माता निर्देशक करन जोहरलाई ‘केजो’उपनामले बोलाइन्छ भने अभिनेते रणवीर सिंहललाई ‘राम्बो’ उपनामले बोलाउने गरिन्छ ।

बलिवुडका किंग खान शाहरुख खानलाई उनका नजिकका साथीहरुले ‘एसआरके’ नामले बोलाउने गर्दछन् । त्यस्तै कबीर खान फेम अभिनेता शाहिद कपुरलाई ‘साशा’ उपनामले बोलाइन्छ भने अक्षयकुमारलाई ‘राजु’ नामले पनि बोलाइन्छ ।

सम्बन्धित समाचार