‘साङ्लो’ को पहिलो गीत सार्वजनिक

‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ ।

लोक लयमा आधारित ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् ।



कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् ।

निकिताको ‘साङ्लो’ डेब्यू फिल्म भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता रहेको छ ।

माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म एक्सन जनरामा बनेको छ । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ ।

मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् ।

मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा विराज र निकिताका अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर।पि। पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

सम्बन्धित समाचार