दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या दिसा गर्न गाह्रो हुने हुन्छ । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन ।
यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण लुकेका हुन्छन् । त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ । विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो ।
यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाना खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन ।
खानामा फाइबरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।
कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।
चिकित्सकका अनुसार, यदी कब्जियतको कारण बिहान राम्रो सँग पेट सफा नहुँदा रातिमा केही सामान्य घरेलु उपचार अपनाई हरेक बिहान ताजा महशुस गर्नुहोस् । कब्जियतको समस्या बाट मुक्ति पाउन के गर्न हुने र राती के गर्न नहुने यस्ता छन्, उपायहरू जानिराखौँ ।
के गर्न हुने ?
के गर्न नहुने ?