रणवीरलाई छोडेर कार्तिकसंग नाच्न थालिन् दिपिका !

अभिनेता कार्तिक आर्यन आजकल एक पछि अर्को फिल्ममा व्यस्त छन्। फिल्म मेकर्सको उनि पहिलो रोजाइमा पर्छन्। उनी जहाँ जान्छन् त्यहाँ प्रशंसकको भिडले उनलाई पछ्याउने गर्छन्। कार्तिक आर्यनलाई पछिल्लो पल्ट एयरपोर्टमा स्पट गरिएको थियो र उनको साथमा दिपिका पादुकोण पनि थिइन्।

सोशल मीडियामा यी दुई जनाको ‘धीमे धीमे च्यालेन्ज’ भाइरल भएको छ। कार्तिक आर्यनले दिपिका पादुकोणलाई यस गीतको स्टेप गर्नको लागि भनेका थिए। दिपिका पनि किन पछि हुन्थिन् र उनि पनि पाइलामा पाइला मिलाएर नाच्न थलिन्।



दीपिका कार्तिकसंग एयरपोर्टमा नाचेको देखेर एयरपोर्टमा भएका सबै फ्यानहरु उनको भिडियो बनाउन थाले।

केहि दिन पहिले दिपिकाले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेको थिइन्, ‘कार्तिक के तपाई मलाई धीमे-धीमेु स्टेप सिकाउनुहुन्छर? मलाई धीमे-धीमे च्यालेन्जमा भाग लिनु छ।’ अब दिपिकाको यस्तो रिक्वेस्टलाई कार्तिक कसरी हुन्न भन्न सक्थे।

दिपिकाले उक्त समयमा सेतो रंगको टप्स संग हल्का नीले रंगको जीन्स लगाएकी थिईन्। त्यस माथि रातो रंगको ज्याकेट उनलाई निकै सुहाएको थियो। कार्तिक आर्यन भने कूल लुक्समा प्रस्तुत थिए। उनले सेतो टिसर्ट, ब्ल्याक पेन्ट संग पर्पल रंगको ज्याकेट क्यारी गरेका थिए।

कार्तिक आर्यन आजभोलि आफ्नो अघिल्लो फिल्म ‘पति पत्नी और वोु को प्रमोसनमा व्यस्त छन्। उक्त फिल्ममा उनको अपोजिट भूमि पेडनेकर र अनन्या पाण्डे देखिने छन्।’ पति पत्नी और वोु एक रोमान्टिक कमेडी फिल्म हो, जसमा कार्तिक आर्यन र भूमि पेडनेकर पति-पत्नी र अनन्या पांडे, कार्तिकको गर्लफ्रेन्डको भूमिकामा देखिनेछिन्। फिल्म छ डिसेम्बरमा रिलीज हुँदैछ।

दीपिका छिटै मेघना गुलजारको फिल्म ‘छपाक’ मा नजर आउने छिन्। यो फिल्म एसिड अट्याक सर्भाइभर लक्ष्मीमा आधारित छ। फिल्ममा दिपिकाको साथमा अभिनेता ‘विक्रान्त मेस्सी’ पनि हुनेछन्।

https://youtu.be/JbRqNLkxdeE?t=195

सम्बन्धित समाचार