अञ्जलीले कीर्तिमान बनाएको खेलमा नेपाल १० विकेटले विजयी

१३औं दक्षिण एसियाली खेदकुद (साग) मा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।

१७ रनको कमजोर लक्ष्य पाएको नेपालले पहिलो ओभरमै जीत हात पारेको हो । नेपालका लागि काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रह्यो ।



पोखरामा सोमबार टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन मात्र बनाएको थियो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

तीब्र गतिकी बलर अञ्जली चन्दले टि २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमानसमेत राखेकी छिन् । अन्जलीको कीर्तिमानी प्रदर्शनसँगै नेपालले माल्दिभ्सलाई १०।१ ओभरमा १६ रनमा अल आउट गरेको थियो ।

नेपाली महिला बलर सामू माल्दिभ्सका खेलाडी निरीह देखिए । माल्दिभ्सका ९ खेलाडी शुन्य रन मै आउट भए । हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्य खेलाडीले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याटरलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

सम्बन्धित समाचार