रानुमण्डलले स्टेजमा त्यही गीत भुलिन् जुन गीतले उनको भाग्य बदलिएको थियो

रेलवे प्लेटफर्ममा गीत गाउँदै गर्दा भाइरल भएर चर्चामा आएकी रानु मण्डल लगातार चर्चामा छिन् । उनलाई हिमेशले एक गीतमा मौका दिएका थिए ।

केही समयअघि उनी मेकअपका कारण ट्रोल बनेकी थिइन् । यतिबेला उनको अर्को भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले स्टेजमा गाउनुपर्ने भिडियो नै भुल्छिन् । रानुको उक्त भिडियोलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले मजाक बनाइदिएका छन् । उनले हिमेशसँग गाएको गीत स्टेजमा गाउनुपर्ने थियो । तर, उनले बीचमा गीत नै भुलिन् ।



जुन गीतले उनको भाग्य नै फेरिदिएको थियो, त्यही गीत उनले भुलिन् र उनले भिडियोमा आफूले गीतको लिरिक्स बिर्सिएको बताउँछिन् । खासमा रानु मण्डल एक इभेन्टमा गीत गाउन पुगेकी हुन्छिन् । स्टेजमा उनलाई पत्रकारले हिमेशसँग गाएको गीत थोरै गाएर सुनाउन आग्रह गर्छिन् । त्यसपछि रानु मण्डलले गीत गाउन भन्दै माइक त लिन्छिन् तर गीत नै भुल्छिन् । भन्छिन् – ओमाइगड, मैले गीत नै भुलेँ ।

यो भिडियो यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बनेको छ ।

सम्बन्धित समाचार