फुटबलमा पनि नेपालको विजयी शुरुवात: ४-० ले नेपालद्वारा भुटान पराजित

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत फुटबलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ । दशरथ रंगशालामा भएको उक्त खेलमा नेपालले ४ गोल गर्दा पनि भुटानले खाता खोल्न सकेन ।

नेपालका लागि दुई गोल टोलीका कप्तान सुजल श्रेष्ठले गरेका थिए । उनले पहिलो गोल खेलको शुरुवाती ५ मिनेटमै गरेका थिए भने दास्रो गोल खेलको दोस्रो हाफको ४९ औं मिनेटमा गरेका थिए ।



त्यस्तै खेलको ६५ मिनेटमा अभिशेष रिजालले अर्को गोल थपेका थिए भने खेलको ७७ औं मिनेटमा मिक्चेन तामाङले फेरि अर्को गोल गरेका थिए ।

सम्बन्धित समाचार