आफ्नै घरमा मृत भेटिए यी कलाकार

दक्षिण कोरियाका एक कलाकार मृत भेटिएका छन् । चा इन–हा नामक कलाकार सोलस्थित आफ्नै घरमा मृत भेटिएका हुन् ।

२७ वर्षीय चाले एक टेलिभिजन शृङ्खलामा अभिनय गरिरहेका थिए । पछिल्लो समय दक्षिण कोरियामा कलाकारको मृत्यु भइरहेको छ । गएको दुई महिनामा दक्षिण कोरियामा तीन कलाकारको मृत्यु भइसकेको छ ।



चा ले सन् २०१७ मा ‘यू, डीप इन्साइड अफ मी’ फिल्ममार्फत अभिनय यात्रा थालेका थिए । चाको संस्थाले एक विज्ञप्ति जारी गर्दै चा को मृत्युबाट संस्था शोकाकुल भएको बताएको छ ।

उनको मृत्यु के कारणले भयो भन्ने खुलेको छैन । यद्यपि दक्षिण कोरियामा आत्महत्या गर्ने कलाकार धेरै छन् ।

यसअघि अक्टोबरमा सुल्ली र नोभेम्बरमा गु हारा गरी दुई कलाकार आफ्नै घरमा मृत फेला परेका थिए ।

सम्बन्धित समाचार