हाँस्ने बानी बसाउनुहोस्, करोडौं मूल्यको खुशी मिल्छ !

हाँस्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ । हाँसोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हाँस्नु, रुञ्चे हाँसो हाँस्नु, अट्टहासले हाँस्नु हाँसोका विभिन्न प्रकारहरु हुन् ।मानिसको अनुहारमा हाँसोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हाँस्ने गर्दछन् ।

हाँस्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो ।



हाँसोका फाइदा

१. फुर्सदको बेला हाँस्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ ।
२. हाँस्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी नकारात्मक भाव कम हुन्छ ।
३. हाँस्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशील भई यसले शारीरीक रुपमा तन्दुरुसती बनाउँछ ।
४. हाँस्नाले अंगप्रत्यंग खुम्चने र फुक्ने गर्दछन् यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ ।
५. हाँस्दा फोक्सोमा रहेका विकार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगी हुन्छ ।
६. हाँस्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ ।
७. हाँस्दा शरीरको रक्तसञ्चार प्रणली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ ।
८. हाँस्ने मानिसमा तनाव कम हुन्छ । तनाव कम हुने मानिसको आयु लामो हुन्छ ।

सम्बन्धित समाचार