जारी १३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालले बुधबार थप ६ स्वर्ण पदक जितेर कुल २९ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको थियो भने बुधबार थप ६ स्वर्ण पदक जितेको हो ।
नेपालले बुधबार साइकिल्ङमा २ स्वर्ण पदक जित्यो भने तेक्वान्दोबाट पनि थप दुई स्वर्ण पदक जित्यो । त्यस्तै उसु र कराँतेबाट बुधबार थप एक एक स्वर्ण जितेर स्वर्णको संख्या २९ पुर्याएको छ ।
नेपाललाई साइक्लिङको डाउनहिलतर्फ पुरुषतर्फ राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण पदक जिताएका हुन् । दक्षिण एशियाली खेलकूदको साइक्लिङमा नेपालले पहिलोपटक स्वर्ण पदक जितेको हो । त्यस्तै तेक्वान्दोमा सक्षम कार्की र संगीता बस्यालले नेपाललाई स्वर्ण पदक जिताएकी छन् ।
त्यसति कराँतेमा अनुपम मगर र उसुमा दीपक हमालले एक एक स्वर्ण पदक जिते ।
नेपालले अहिलेसम्म कराँतेतर्फ १० स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ११ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले उसुतर्फ ३, ट्रायथलन र साइक्लिङमा २-२ स्वर्ण र एथलेटिक्समा एक स्वर्ण जितेको छ ।
बुधबारका खेलपछि कुल पदक संख्यामा भने भारत अगाडी आएको छ । भारत ३४ स्वर्णसहित २३ रजत र १३ काश्य पदक जितेर कुल ७० पदकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै नेपालले भने २९ स्वर्ण १५ रजत र २५ काश्यसहित कुल ६९ पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी पाकिस्तानले ९ स्वर्ण, १ रजत र १ रजत र १८ कास्य पदकसहित कुल ४५ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै श्रीलंकाले ८ स्वर्ण, २३ रजत र ३८ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ भने बंगलादेश ४ स्वर्ण ७ रजत र २ काश्य पदक जितेर पाँचौ स्थानमा रहेको छ ।
त्यस्तै माल्दिभ्सले साग खेलको इतिहासमा नै पहिलो पटक सय मित्र दौडमा स्वर्ण पटक जितेर इतिहास बनाएको छ । माल्दिभ्सले एक स्वर्ण र २ काश्य पदक जितेको छ भने भुटानले अहिलेसम्म ३ काश्य पदक जितेको छ ।