१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले थप एक स्वर्ण पदक जितेको छ । पाँचहजार मिटर दौडमा धावक गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा दुरी पार गर्दा भारतका सुनिल दवारलाई करिब एक सेकेन्डले पछि पारे ।
नेपालकै हरिकुमार रिमाल सो स्पर्धामा तेस्रो हुँदै काश्य पदक जित्न सफल भए । उनले १४ मिनेट ५७.०५ सेकेन्डमा निर्धारित दुरी पार पारेका हुन् । गोपीले दौड जितेपछि जारी १३औं सागमा दौडतर्फ नेपालले दुईवटा स्वर्ण जितेको छ । यसअघि सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाईसकेकी छिन् । नेपालले अहिलेसम्ममा स्वर्ण संख्या ३७ पुर्याएको छ ।