कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म !

बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् फिल्ममा काम गरिन् । उनले कति फिल्मलाई रिजेक्ट पनि गरिन् ।

उनले कुन कुन फिल्ममा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले फिल्म ‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् ।



साथै उनले कुनै फिल्म रिजेक्ट गर्दा दुःख नलाग्ने पनि बताइन् । उनले भनिन्, ‘क्वीनमा मलाई अफर गरिएको थियो, म कहिल्यै पनि पछि फर्केर हेर्दिनँ, यदि मैले कुनै फिल्म रिजेक्ट गरेँ भने मलाई त्यतिबेला आफ्नो रोल मन परेको हुन्न ।’

यतिबेला करीना आफ्नो आगामी फिल्म ‘गुड न्यूज’ को प्रचारमा छिन् । फिल्ममा उनको जोडी अक्षय कुमारसँग देख्न सकिनेछ ।

सम्बन्धित समाचार