अभिनेत्री ऋचा शर्माले कसिन लगन गाँठो

अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन्। उनी व्यवसायी दिपेक्ष्य राणासँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समय गुपचुप रुपमा प्रेमसम्बन्धमा रमाएका यी जोडीले शनिबार विवाह गरेका हुन्।

केही समय अघि उनले पोखरामा आफ्ना नजिकका साथीलाई ब्याचलर पार्टी दिएपछि मात्र उनको प्रेमसम्बन्धबारे चर्चा चुलिएको थियो।



दिपेक्ष्य काठमाडौंका स्थायी बासिन्दा रहेका उनी अमेरिका तथा सिंगापुरमा अध्ययन गरेर काठमाडौंमा व्यवसाय गर्छन्। नेपाली चलचित्रमा लामो समय काम गरेकी ऋचा कलाकारीता क्षेत्रमा भने त्यति सफल हुन सकिनन् ।

पछिल्लो क्रममा उनी व्यवसायमा हात हालेकी थिइन्। परिवारको सहमतिमै ऋचाले विवाह गरेकी हुन्।

सम्बन्धित समाचार