जेम्स बोन्ड सिरिजको ‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक

जेम्स बोन्ड फिल्मको अन्तिम शृंखला ुनो टाइम टु डाइु को ट्रेलर सार्वजनिक भएको छ । डेनियल क्र्याग अन्तिम पटक जेम्स बोन्डको रुपमा देखिने यो फिल्म हेर्न उनका फ्यानहरु निकै आतुर छन् । उनले २०१५ मा ‘स्पेक्टर’ रिलिजको क्रममा अब फेरी जिम्स बोन्ड नबन्ने बताएका थिए । तर, दर्शकको चर्को दबाबपछि उनले आफ्नो निर्णय फिर्ता लिए ।

‘नो टाइम टू डाई’ भने उनको अन्तिम जेम्स बोन्ड फिल्म हो । यो फिल्मपछि ल्याशना लिन्चले डेनियललाई रिप्लेस गर्नेछिन् र ब्रिटिश जासूसको भूमिका निभाउनेछिन् । ल्याशना पहिलो महिला हुन्, जो जेम्स बोन्डको भूमिकामा देखिनेछिन् । यसअघि पुरुष एक्टर मात्र ‘एजेन्ट ००७’ बनेका थिए ।



एकेडेमी अवार्ड विजेता रमी मलिक जेम्स बोन्डको भिलेनको रुपमा देखा पर्दैछन् । क्यारी फुकुनागाद्वारा निर्देशित ‘नो टाइम टू डाई’ फिल्मको लामो समयदेखि निकै प्रतिक्षा भैरहेको छ । ट्रेलरमा जेम्स बोन्ड अर्थात् डेनियल क्रेग आफ्नो चिर-परिचित अन्दाजमा एक्सन गर्दै देखिएका छन् । एकपटक फेरि बोन्ड घरमाथि बाइक कुदाउँदै देखिएका छन् । ट्रेलरमा एक्सनको जबरजस्त डोज छ ।

यो ट्रेलर आधिकारिक जेम्स बोन्ड ट्विटर एकाउन्टमा पोस्ट गरिएको छ र लेखिएको छ : ‘बोन्ड इज ब्याक’ । जबरदस्त लोकेशन र थ्रिलिङ एक्सन सिक्वेन्स रहेको ट्रेलर हेरेपछि फिल्मले सबै रेकर्ड तोड्ने अनुमान गर्न थालिएको छ ।

२०२० अप्रिल ८ मा रिलिज हुने ‘नो टाइम टू डाई’ मा अना दे अर्मस र ल्याशना लिन्चको पनि प्रमुख भूमिका छ ।

ट्रेलर :

सम्बन्धित समाचार