त्रिशला र रोहितको ‘काठमाडौं सहर’ टुबोर्ग ओपन सेसन्स-२ मा

टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमाडौं सहर’ को प्रत्यक्ष प्रस्तुति पेश गरेका छन् । उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ ।

च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २०१८ मा सुरु भएको एक युट्युब सिरिज हो । पहिलो संस्करणमा अपलोड गरिएको ५१ वटा गीतहरु मार्फत सफलतापुर्वक १ करोड भन्दा बढी भ्युज संकलन गरेपछि अहिले फेरि दोस्रो संस्करण सुरु भएको छ ।



राजधानी सहरबाट प्रेरित उक्त गीतले त्रिशलाको नजरबाट काठमाडौंको सुन्दरता, मानिस र यादहरुको कथा बताउँछ । गीतले त्रिशलाको सुरिलो आवाज र रोहितको सांगीतिक जादुलाई एकसाथ प्रस्तुत गर्दछ । सानै देखि संगीतमा निकै रुचि राख्ने त्रिशला प्रशंसित गायिका हुन् भने अहिलेको नेपाली सांगीतिक बजारमा निकै प्रतिष्ठित र छुटाउन नमिल्ने नाम हो रोहित शाक्य । शाक्य निकै लोकप्रिय प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्याण्ड ‘जिन्दाबाद’ का सदस्य पनि हुन् । हालको नेपाली सांगीतिक बजारमा उनी एक सफल युवा प्रतिभा रहेका छन् ।

टुबोर्ग ओपन सेसन्स्को यस सिजनका निर्माताहरु मध्ये रोहित पनि एक हुन् । टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मद्दत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।

सम्बन्धित समाचार