कामनाको १०६ औं शाखा भक्तपुरको लोकन्थलीमा

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत् भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा यही मंसिर २४ गते आफ्नो १०६ औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सूरज खड्काज्यू तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका थिए ।



कारोबार शुभारम्भ समारोहमा बैंककाप्रमुखकार्यकारी अधिकृत प्रवीण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरू तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरू उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

सम्बन्धित समाचार