अक्षय कुमारले श्रीमतीलाई गिफ्ट दिए प्याजको गहना

बलिउड स्टार अक्षय कुमार आउँदै गरेको फिल्म गुड न्यूजको प्रचारमा व्यस्त छन् । फिल्मको प्रचारको लागि उनी कपिल शर्माको शोमा पनि जाँदैछन् । शोको लागि अक्षयले सुटिङ पूरा गरिसकेका छन् । कपिलको शोबाट घर फर्किंदा अक्षयले पत्नी ट्वींकलको लागि विशेष गिफ्ट लिएर आए । यो गिफ्ट ट्वींकललाई निकै मन पर्यो । गिफ्ट अरु केही नभएर प्याजको गहना थियो ।

ट्वींकलले इन्स्टाग्राममा गहनाको फोटो शेयर गर्दै लेखिन् ‘मेरा पार्टनर द कपिल शर्मा शोको सुटिङ सकेर आए र भने ‘उनीहरु करिनालाई यो इयररिंग देखाइरहेका थिए । मलाई उनी यसबाट धेरै इम्प्रेस भएको जस्तो लागेन । तर मलाई लाग्यो तिमी यो देखेर खुसी हुनेछौ । मैले यो तिम्रो लागि लिएर आएँ ।’ कैयौं पटक साना साना कुराले पनि तपाइँको मन छुन्छन् ।’ सामाजिक संजालमा प्याजको गहनाको फोटो भाइरल भइरहेको छ । अहिले प्याजको बढिरहेको मूल्य चर्चाको विषय बनेको छ । संसददेखि सामाजिक संजालमा यसैको चर्चा छ ।



सम्बन्धित समाचार