सलाहको २ गोलले लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन दुवै गोल मोहमद सलाहले गरे । खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका सलाहले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।

जितसँगै लिभरपुलले लिगमा ११ अंकको अग्रता कायम गरेको छ । लिभरपुलले १७ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको लेष्टर सिटीको ३८ अंक रहेको छ । सिटीले एक खेल कम खेलेको छ ।



पराजित वाट्फोर्ड ९ अंक जोडेर पुछारमा छ ।

सम्बन्धित समाचार