कलाकार दीपक क्षेत्री मृत फेला

कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ ।

मृत्युको कारण पुष्टि भएपछि उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमका लागि पुर्‍याइएको छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् ।



उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’, ‘झोला’  र  ‘मसान’ लगायतका चलचित्रमा उनको बेजोड अभिनय अभिनय गरेका छ । पछिल्लो समय उनी विरामी अवस्थामा रहेका थिए । उनी आर्थिक रुपमा समेत पीडित बन्दै आएको उनलाई नजिकबाट चिन्ने कलाकारहरु बताउँछन् ।

सम्बन्धित समाचार