पवनको उत्कृष्ट ब्याटिंगपछि बुटवलले पायो १४१ रनको लक्ष्य

नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) मा काठमाडौँ गोल्डेन्सले बुटवल ब्लाष्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको हो ।

काठमाडौँका लागि पवन सराफले सर्वाधिक अविजित ३७ रन बनाएका थिए । पवनले २१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३७ रन बनाएका थिए ।



काठमाडौँका लागि जयकिसन कोल्सावालाले २८ रन बनाएका थिए । त्यस्तै आदील खानले २३, कप्तान ज्ञानेन्द्र मल्लले १५, अमरसिंह राउटेलाले १४ रन बनाएका थिए । त्यस्तै गौरव तोमार एक रनमामा आउट भएका थिए भने सुबोध भाटी शुन्यमा आउट भएका थिए ।

त्यस्तै बुटवलका बलर नितेश थापाले २ विकेट लिए भने हरि बहादुर चौहान र अविनाश बोहोराले एक एक विकेट लिएका थिए । त्यस्तै काठमाडौँका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

काठमाडौँले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ भने बुटवल आज पहिलो खेल खेल्दैछ ।

सम्बन्धित समाचार