कस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर ? (भिडियो)

दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् ।



फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका छन् । यस्तै नयनतारा पनि शीर्ष भूमिकामा छिन् ।

आउँदो जनवरीमा रिलिज हुने यो फिल्म रिलिजअघि चर्चामा छ ।

सम्बन्धित समाचार