एक जापानी महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकारविरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् ।
सन् २०१५ मा ५३ वर्षीय नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको भन्दै इतोले मुद्दा हालेकी थिइन् । अभियोजनकर्ताहरूले फौजदारी मुद्दामा पर्याप्त प्रमाण नपुग्ने बताएपछि उनले देवयानी मुद्दा दिएकी थिइन् ।
उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले यामागुचीबाट ३३ लाख जापानी येन ९३४ लाख २७ हजार रुपैयाँ० क्षतिपूर्ति भराउने फैसला गरेको छ । पितृ सत्तात्मक जापानी समाजमा यौन दुव्र्यवहारबारे निकै कम महिलाले मात्र उजुरी दिने गर्छन् । यस्तो अवस्थामा मुद्दा हालेकी इतो पछिल्लो समय चलेको ‘मीटू’ अभियानकी जापानी प्रतीक बनेकी छन्।
‘म निकै खुशी छु,’ मुद्दाको फैसला आएपछि इतोले भनिन् । टोकियो ब्रोड कास्टिङ सिस्टमको वासिङटन ब्युरो प्रमुख भइसकेका यामागुचीले सन् २०१५ मा त्यतिबेला समाचार संस्था रोयटर्स इन्टर्न गरिरहेकी इतोलाई डिनरका लागि बोलाएका थिए ।
समाचारका विषयमा छलफल गर्न बोलाएर बेहोस पार्ने ड्रग्स खुवाएर यामागुचीले आफूलाई बलात्कार गरेको इतोको दाबी थियो । तर प्रधानमन्त्री सिन्जो आबेसँग निकट सम्बन्ध भएका यामागुचीबारे प्रहरीले मुद्दा अघि बढाउन आनाकानी गर्यो ।
यामागुचीले सहमतिमै शारिरीक सम्बन्ध भएको भन्दै उल्टै मुद्दा हाले । त्यसपछि इतोले १ करोड १० लाख जापानी येन क्षतिपूर्ति माग्दै देवयानी मुद्दा हालेकी थिइन् । अदालतले यामागुचीलाई दोषी ठहर गर्दै क्षतिपूर्ति तिराउने फैसला त गरेको छ तर उनीविरूद्ध कुनै आपराधिक मुद्दा बाँकी रहने छैन । एजेन्सी