अबको केही महिनामा दुनियाँभरको लाखौं मोबाईल फोनमा ह्वाट्सएप चल्न छोड्नेछ । यस्तो यसकारण हुनेछ किनकी ह्वाट्सएपले धेरैमात्रामा पुरानो फोनबाट सपोर्ट बन्द गर्दैछ ।
ह्वाट्सएपको मालिक कम्पनी फेसबुकले यसबारेमा एक बयान जारी गरेर भनेको छ, ‘एक फेब्रुअरी २०२० बाट IOS ८ वा त्योभन्दा पुरानो भर्सनको सबै आईफोन र २.३.७ वा त्यो भन्दा पहिलाको भर्सन रहेको एन्ड्रोइड डिभाइसमा ह्वाट्सएप चलन सक्दैन् ।’
साथसाथै कमपनीले भनेको छ विन्डोजमा चल्ने फोनमा ३१ डिसेम्बर २०१९ पछि ह्वाट्सएप बन्द हुनेछ । माइक्रोसफ्टले पनि यसै महिना विन्डोज १०मा चल्ने मोबाइल फोनको सर्पोट बन्द गर्ने भएको छ ।
कहाँ पाइन्छ जानकारी ?
ह्वाट्सएपले आफ्नो वेबसाइटको FAQ सेक्शनमा पनि यो कुराको जानकारी दिएको छ । त्यहाँ लेखेको छ पुरानो भर्सनको एन्ड्रोइड र आईफोनमा १ फेब्रुअरी २०२० पछि न नयाँ अकाउन्ट खोल्न सकिन्छ न त चलिराखेको अकाउन्टलाई रीभेरीफाई गर्न सकिनेछ ।
फेसबुकले ह्वाट्सएपलाई २०१४मा १९ अरब डलरमा किनेको थियो । विश्वभरका १८० भन्दा बढी देशका १ अर्बभन्दा बढी मानिसले यो एप चलाइरहेको ह्वाट्सएपले जनाएको छ ।