किन गइन् निरुता सिंह ‘इन्डियन आइडल’मा ?

लामो समय नेपाली फिल्म क्षेत्रमा विताएकी अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । अभिनेत्री सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् ।

उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी छिन् । नेपाली अभिनेत्रीको रुपमा इन्डियन आइडल शोमा पुगेकी निरुताले एकदमै राम्रो समय विताएको कुरा उल्लेख गरेकी छिन् ।



अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् ।

सम्बन्धित समाचार