टप गन-२ को दोस्रो ट्रेलरमा खतरनाक स्टन्ट गर्दै टम क्रुज (भिडियोसहित)

हलिवुडको बहुप्रतिक्षित फिल्म टप गन-२ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । दोस्रो ट्रेलरमा टम क्रुजको एक्सनले भरिपूर्ण रहेको छ । यस ट्रेलरमा क्रुज खतरनाक स्टन्ट गरेको देख्न सकिन्छ । यस अघि फिल्मको पहिलो ट्रेलर गत श्रावणमा सार्वजनिक गरिएको थियो ।

क्रुजले फाइटर जेट उडाएको दृश्य देखाइएको छ, जसलाई ६ क्यामराले खिचेर क्रुजका हरेक एंगललाई देखाइएको छ ।



३३ बर्षअघि सन् १९८६ मा टम क्रुजले अभिनय गरेको फिल्म टप गनको सिक्वेलमा उनी एक्सन अवतारमा फेरी आएका छन् । यस फिल्ममा क्रुज फ्लाइट इन्टक्टरको भूमिकामा रहेका छन् । उनको यो फिल्म २०२० को जुन २६ मा विश्वभर रिलिज हुने बताइएको छ ।

सधै झैँ यस पटक पनि क्रुज निकै दमदाररुपमा ट्रेलरमा देखिएका छन् । फिल्मको नाम टप गन-२: मावरिक नाम राखिएको छ । यो फिल्म शुरुमा यहि जुलाईमा रिलिज गर्ने भनिएको भए पनि सुटिंग नसकिएकोले रिलिज मिति अर्को बर्ष सारिएको बताइएको छ ।

सम्बन्धित समाचार