मेगाले पाइन् नेपाल आइडल सिजन–३ मा पहिलो गोल्डेन माइक

सिङगिङ रियालिटी सो नेपाल आइडल सिजन–३ मा दुईवटा श्रृंखला सकिँदा एकजना प्रतिस्पर्धीले गोल्डेन माइक पाएका छन् । काठमाडौं अडिसनमा अडिसन दिन आएकी काठमाडौं बसुन्धराकी मेघा श्रेष्ठले गोल्डेन माइक पाएकी हुन् ।

श्रेष्ठले ‘हिँड्दा हिँड्दै डोबाटोमा…’ र ‘किन रुन्छ यो मन…’ गाएकी थिइन् । विद्यालयदेखि नै गीत गाउँदै आएकी उनी विमेन इन कन्सर्टबाट पनि गीत गाउँदै आएकी छन् । मेघा अभया सुब्बाको सहयोगमा आफूले संगीतमा अभ्यास गर्दै आएको बताउँछिन् ।



काठमाडौं र बुटवल अडिसन सकिँदा गोल्डेन माइक पाउने उनी मात्रै हुन् ।

सम्बन्धित समाचार