क्लब विश्वकपको उपाधि लिभरपुललाई

क्लब विश्वकप फुटबलको उपाधि इंग्लिस क्लब लिभरपुलले जितेको छ। शनिबार राति कतारमा भएको खेलमा लिभरपुलले फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन रोबर्टो फिर्मिन्होले गोल गरे ।

निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा लिभरपुलका लागि फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यो गोल नै विश्वकप जिताउन पर्याप्त बन्यो। लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो।



सम्बन्धित समाचार