दबंग-३ को पहिलो दिनको कमाई हेर्दा फिल्म सुपरडुपर हिट हुन सक्ने

बलिवुडका सुपरस्टार अभिनेता सलमान खानको शुक्रबार रिलिज फिल्म दबंग-३ ले उत्साहप्रदक कमाई गरेको छ ।

रिलिजको पहिलो दिन दबंग-३ ले २४ करोड ५० लाख कमाई गरेको छ । सलमानको यस अघि २०१० मा रिलि दबंगले पहिलो दिन १४ करोड ५० लाख कमाई गरेको थियो भने २०१२ मा रिलिज भएको दबंग-२ ले रिलिजको पहिलो दिन २१ करोड १० लाख कमाई गरेको थियो ।



भारतमा अहिले भइरहेको नागरिकता विधेयकविरुद्धको प्रदर्शनले पनि फिल्मको कमाईमा असर पुगेको बताइएको छ ।

सलमानको यसै बर्ष रिलिज फिल्म भारतले पहिलो दिन ४२ करोड ३० लाख कमाई गर्दै अहिलेसम्म पहिलो दिन धेरै कमाई बन्ने फिल्म बनेको थियो । त्यस्तै २०१५ मा रिलिज भएको प्रेम रतन धन पायोले पहिलो दिन ४० करोड ३५ लाख कमाई गरेको थियो ।

त्यस्तै २०१६ मा रिलिज भएको फिल्म सुल्तानले पहिलो दिन ३६ करोड ५४ लाख कमाई गरेको थियो भने २०१७ मा रिलिज भएको टाइगर जिन्दा हैले रिलिजको पहिलो दिन ३४ करोड १० लाख कमाई गरेको थियो ।

प्रभुदेभाद्वारा निर्देशित दबंग-३ सलमान खान फिल्म्सको ब्यानरमा बनेको छ । यो फिल्ममा सलमान खानको साथमा सोनाक्षी सिन्हा, किच्चा सुदीप र साई मान्जरेकर जस्ता कलाकार मुख्य भूमिकामा रहेका छन् ।

यो फिल्म हिन्दीसहित अन्य तीन भाषामा रिलिज भएको छ ।

सम्बन्धित समाचार