दुवै हात नभएकी सम्झनाको मर्मस्पर्शी गीत ‘आमा’ सार्वजनिक

जन्मजात दुवै हात नभएकी बालिका सम्झना राईको मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । खोटाङबजार घर भएकी राईले ‘आमा’ बोलको गीत रेकर्ड गराएको भिडियो सार्वजनिक भएको हो ।

उनको गीतमा आफनो हात नहुनुमा आमाको कारण नभई आफ्नो भाग्यको खेल भएको गीतबाट प्रस्तुत गरेकी छिन् । गीत गोपाल चन्द्र राईको युटुयुब च्यानल मार्फत सार्वजनिक भएको छ ।



गीतको शब्द रामकुमार राई (दिवुछा) को र तोरेम्पा राईको संगित रहेको छ भने एरेञ्ज गायक तथा एरेञ्जर सागर संसार राईले गरेका छन् ।

उक्त गीतलाई रेकर्ड गराउनको लागी समाजसेवी सप्नाकुमार राईले सहयोग गरेको गायिका सम्झना राईले बताइन् ।

सम्बन्धित समाचार